६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपाको महाधिवेशन आजदेखि :अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने




१५ मंसिर ०७८, काठमाडौं । राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आज बुधबारदेखि सुरु हुँदैछ ।
भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।
महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् ।
तीन जना अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ४६ बजे