२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न शीर्ष नेताको सुझाव




१६ मंसिर ०७८,काठमाडौं । पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिदामा बसेर कार्यबाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले जबरालाई यस्तो सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जबराको विषयलाई लिएर लामो समयदेखि सर्वोच्चमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन शीर्ष नेताले जबरालाई सुझाव दिएका हुन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरुको सहभागी थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।