८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका चार वटै नगरमा माओवादी केन्द्रको नयाँ नेतृत्व



भक्तपुर नगर कमिटी चयनपछि तस्व्रि खिचाउदै ।

१९ मंसिर ०७८, भक्तपुर । भक्तपुरका चार नगरमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ ।
जिल्लाका भक्तपुर, चाँगुनारायण, मध्यपुरथिमि र सूर्यविनायक नगरको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जिल्ला कमिटीका अध्यक्ष देवीप्रसाद ढकालका अनुसार भक्तपुर नगर कमिटीको अध्यक्षमा राकेश सुवाल, उपाध्यक्षमा राजेश्वरी शिल्पकार, श्रीराम सुवाल र नारायण त्वयना, सचिवमा कृष्णप्रसाद ह्याङ्गो, सहसचिवमा विकास कोजु र कोषाध्यक्षमा कृष्णमान वनमाला सर्वसहमत चयन भएका छन् ।
यस्तै चाँगुनारायण नगर कमिटीको अध्यक्षमा नरेश खड्का, उपाध्यक्षमा रामकुमार तामाङ, विनोद लामिछाने र सुमन दाहाल, सचिवमा चण्डिका लामिछाने, सहसचिवमा श्याम श्रेष्ठ र कोषाध्यक्षमा जगन्नाथ खत्रीलाई चयन गरिएको छ ।
मध्यपुरथिमि नगर कमिटीको अध्यक्षमा विजयकृष्ण श्रेष्ठ, उपाध्यक्षमा राजन आलेमगर, भरत द्योँ र विकेश श्रेष्ठ, सचिवमा शिव श्रेष्ठ, सहसचिवमा कृष्णमान प्रजापति र कोषाध्यक्षमा जगतमाया प्रजापतिलाई सर्वसम्मत चयन गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।
यसैगरी सूर्यविनायक नगर कमिटीको अध्यक्षमा सानुकान्छा आलेमगर, उपाध्यक्षमा जोवन तामाङ, राजेन्द्र कार्की र जुजुभाइ राजथला, सचिवमा सनिश लागेजु, सहसचिवमा नरेश वाइवा र कोषाध्यक्षमा मीना कार्कीलाई चयन गरिएको छ ।
पार्टीको विधानअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्षसहित ६५ जनाको कार्यसमिति गठन गरिएको बताइएको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।