८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको नयाँबजार र चौमतीमा भिषण आगलागी, करोडौंको क्षति




१९ मंसिर ०७८, काठमाडौं । काठमाडौंको नयाँ बजार र चौमतीमा आगलागीपछि करौडौंको क्षति भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १७ नयाँबजार नर्सरी चोक नजिक यसै ठाउँ बस्ने कालिकोट घर भएका ३९ वर्षीय जनम हमालको आशिष गलैचा स्टोरमा बिद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा स्टोरमा रहेको ब्ल्याङकेट, गलैंचा, डस्ना लगायतका कपडाहरु जलेर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका १५ चौमतीस्थित सारदा मिडिया एण्ड प्रिन्टरस प्रालिको स्टोर रुमभित्र पार्किङ गरी राखेको हाल नम्बर नखुलेको २ वटा मोटरसाइकलमा शुक्रबार राति अचानक आगलागी हुँदा दुवै मोटरसाइकल जलेर क्षति भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।