१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको जित,कमल थापा पराजित



१९ मंसिर ०७८, काठमाडौं । राप्रपा नेपालको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै नयाँ अध्यक्षको रुपमा लिङ्देन विजयी भएका हुन् ।
भ्र्खरैसकिएको मत गणनाको नतिजा अनुसार लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएका छन् ।
पराजित थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए भने चार सय १३ मत बदर भएको थियो ।
लिङ्देनको मत गणनाको परिणाम सार्वजनिक भएलगत्तै थापाले ट्वीट गर्दै अध्यक्षमा लिङ्देन विजयी भएकोमा बधाई दिएका छन् ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।