७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा १५८ सहित नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमण



१९ मंसिर ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा १५८ सहित नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ७ सय ४७ नमुना परीक्षण गर्दा २ सय ५ जनामा संक्रमण देखिएको हो। साथै सोही अवधिमा ४ सय ३६ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ५ सय ७ रहेको छ।

त्यस्तै, २४ घण्टाको अवधिमा संक्रमण भएकामध्ये १ जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या ११ हजार ५ सय ४१ पुगेको छ। यस्तै काठमाडौं उपत्यकामा १५८ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ९७, ललितपुरमा ५१ र भक्तपुरमा १० संक्रमित छन्। यस्तै, काठमाडौं उपत्यकामा १७२६ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६२९, भक्तपुरमा ४८६ र ललितपुरमा ६११ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : ०४ बजे