८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुपण्डोलबाट श्रीमतीको हत्या अभियोगमा भुजेल पक्राउ



©lalitpurkhabar.comshayam phuyal

२० मंसिर ०७८, ललितपुर । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका १० कुपण्डोलबाट रामेछाप मन्थली नगरपालिका १२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
प्र्रहरीका अनुसार उनकी श्रीमती ३५ वर्षीया जानुका भुजेल आफ्नै कोठामा मंसिर १६ गते मृत अवस्थामा फेला परेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा एक्काराजले घाँटीमा कपडाले कसी कर्तव्य गरी मारेको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।