९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको खोप, ललितुपरमा बिहान १० देखि ३ बजेसम्म




२३ मंसिर ०७८, काठमाडौं। काठमाडौं उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप दिइने भएको छ।

तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, लोट्से भवन नयाँ बसपार्क, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महराजगञ्ज, वीर अस्पताल महाबौद्ध र वयोधा अस्पताल बल्खुमा खोप केन्द्र तोकिएको छ।

यस्तै, काठमाडौंमा नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलीक्लिनिक, जडीबुटी, कोटेश्वरमा पनि कोरोनाविरुद्धको खोप दिइने मन्त्रालयले जनाएको छ।

काठमाडौं र ललितुपरका खोप केन्द्रमा बिदाको दिनबाहेक बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म निःशुल्क खोप लगाइने छ। यता, भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप दिइने छ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।