१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महाधिवेशनको पुर्वसन्ध्यामा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै




२३ मंसिर ०७८, काठमाडौं । महाधिवेसनको पूर्वसन्ध्यामा सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुनेछ ।

शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनको अघिल्लो दिन कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः नेतृत्वका लागि चुनाव लड्दैछन् । संस्थापनइतरबाट भने सभापतिका साझा उम्मेदवारको तय भइसकेको छैन ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।