९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर हत्या घटनाको सत्यतथ्य छानबिन गर्न युवासङ्घको माग   



२३ मंसिर ०७८, भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन युवासङ्घ नेपालले माग गरेको छ ।

युवासङ्घ नेपाल भक्तपुर जिल्लाले आज मध्यपुरथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले विभत्स हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे आन्दोलन चर्काउने बताए । “घटनामा अरु को–को संलग्न छन् त्यसको तथ्यरूपमा छानबिन गरी बाहिर ल्याउनुपर्छ”, अध्यक्ष पौडेलले बताए ।

युवासङ्घका जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठको मङ्सिर २१ गते राति आफ्नै साथी सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ घर भई बालकोट बस्ने मजदुर ३० वर्षीय प्रेम विश्वकर्माले कुटपिट गरी हत्या गरेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पत्रकार सम्मेलनपछि युवासङ्घले हत्यारालाई कारबाहीको माग गर्दै मध्यपुरथिमि अरनिको राजमार्ग शङ्खधर चोकमा प्रदर्शन गरेर चक्काजामसमेत गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।