११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानिलकण्ठबाट अश्लिल भिडियो प्रसारण गरेको आरोपमा युट्युवर पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२६ मंसिर ०७८, काठमाडौं । युट्युव च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिता झल्कने भिडियो प्रसारण गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका ४ बस्ने कालिकोट झरना गाउँपालिका–९ घर भएका २१ वर्षीय भरतबहादुर तिरुवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार टेन्सन ब्रो नामक युट्यव च्यानल सञ्चालन गरी अश्लिल शीर्षक राखी समाजमा अश्लिता फैलाउने किसिमका भीडियोहरु बनाई युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाईएपछि उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।