८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीमा मदन भण्डारी मेमोरियल कलेजको भवन शिलान्यास



२७ मंसिर ०७८, काठमाडौँ । महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन् ।
दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागतमा नयाँ चारतल्ले भवन बन्न लागेको हो ।
हाल महानगरले रु पाँच करोड सहयोग गरेको छ । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारी, सचिव पेम्बा लामा, बागमती प्रदेशका सदस्य दीपक निरौलालगायत सहभागी थिए । कलेजका प्रमुख डम्बरबहादुर हमालका अनुसार कलेजमा विज्ञान, पत्रकारिता, सूचना प्रविधि, अङ्ग्रेजीलगायत विषयमा कक्षा ११ देखि स्नातकोत्तरसम्म गरी हाल एक हजार ५ सय विद्यार्थी छन् ।

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।