७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउवालाई प्रकाशमानको समर्थन




२८ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । मंगलबार बिहान चाक्सीबारीमा भएको देउवा सिंह भेटवार्तामा यस्तो सहमति भएको हो । दुवै नेताबीच लिखित सहमति भएको छ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । त्यसअघि नै देउवालाई सिंहले समर्थन गर्ने निर्णय गरेका हुन् ।

भेटवार्तामा उपसभापतिकी उम्मेदवार सुजाता कोइराला पनि उपस्थित थिइन् । न्युज कारखाना

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ११ : ४३ बजे