
२८ मंसिर ०७८, काभ्रे । काभ्रको पनौतीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पनौती नगरपालिका ५ चौकोट बस्ने ४० वर्षीय केदार पुतुवारको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
यसै ठाउँ बस्ने २६ वर्षीय कबि नेपालीको घर अगाडि रहेको फलामको बिजुलीको पोल ढलेकोमा नेपालीले पुतुवारलाई बोलाई दुबै जना मिलि उठाउने क्रममा पोलले नजिकै रहेको ११ हजार भोल्टको तारमा छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका पुतुवारको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर घाइते भएका
नेपालीको यसै अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।







प्रतिक्रिया