८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाण्डौ महानगरका निर्देशक बोगटीसहित ५ जनाविरुद्ध आयोगद्वारा मुद्दा



२९ मंसिर ०७८, काठमाडौं ।  काठमाण्डौ महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसमेत ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्यिारले बुधबार विज्ञप्ती प्रकाशित गरेर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आरोप–पत्र दायर गरेको जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत लिखत तयार गरी काठमाडौं महानगरपालिका वडा नं १२, टेकुस्थित भवन निर्माण गर्न बिद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मुल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरिएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको बताएको छ ।
अनुसन्धानमा ठेक्काको प्राविधिक मुल्यांकन प्रक्रियामा काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख उप–निर्देशक बखतबहादुर साउद, उप–निर्देशक सुमन अधिकारी, उप–निर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीले गलत लिखित तयार गरी निर्माण व्यवसायी छनौट गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको बताएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर देखिएकोले मूल्याङ्कन प्रक्रियामा सहभागी भई गलत लिखत तयार गर्नेहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागदावी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारको भनाई छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।