१ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको सह महामन्त्री पदमा तीन जना निर्वाचित भएका छन् ।
बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन् ।
उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार डा. शेखर कोइराला समूहका हुन् ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्त गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २ हजार ५ सय ३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २ हजार १ सय ५ मत प्राप्त गरिन् ।
आङ्देम्बेले २ हजार ७ सय ११ मत पाए । उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत प्राप्त गरे । परियारले २ हजार २ सय १२ मत पाए भने मानबहादुर विश्वकर्मा २ हजार १ सय ७५ मतमा पराजित भए ।
८ जना सहमहामन्त्री रहेको कांग्रेसमा मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस÷आर्यको मतगणना शुक्रबार विहानदेखि हुने निर्वाचन समितिले जनाएको छ । न्युज कारखाना
प्रतिक्रिया