८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरकी आर्किटेक्ट प्रजापति सम्मानित




२ पुस ०७८, भक्तपुर । भक्तपुरकी आर्किटेक्ट सिर्जना प्रजापति सम्मान भएकी छिन् ।
सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना) ले सोनाको ३१ औं वाार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रोफेसनल बिल्डिङ डिजाइन प्रतियोगितामा प्रस्तुत डिजाइनका डिजाइनर आर्किटेक्ट प्रजापतिलाई सम्मान गरिएको हो।
भक्तपुरको मेथड कन्सल्टेन्सीमा आवद्ध आर्किटेक्ट प्रजापतिले इतिहास तथा अनुसन्धानकर्ता प्राडा पुरुषोत्तमलोचन श्रेष्ठको घरको डिजाइन गरेकी थिइन्।
सो कन्सल्टेन्सीले विगत साढे दुई दशकदेखि भूकम्प प्रतिरोधी भवन निर्माणका लागि देशभर अभियान सञ्चालन गरिरहेको छ। मौलिक निर्माणमा जोड दिँदै आएको सो कन्सल्टेन्सीले तयार गरेको पुरस्कृत डिजाइन उत्कृष्ट रहेको वरिष्ठ इञ्जिनियहरु सुदर्शनराज तिवारी, भरत शर्मा र जीवराज पोखरेलको टोलीले उत्कृष्ट घोषणा गरेको थियो। स्पर्धामा पेश भएका डिजाइनहरुमध्ये मेथड कन्सल्टेन्सीले प्रस्तुत गरेको डिजाइनलाई उत्कृष्ट ठहर गरेको सोनाका कार्यकारी अध्यक्ष राजेश थापाले जनाए।
डिजाइनमा नेवारी वास्तुकलाको अनुपम नमूना रहेको कुंझ्या(कुना झ्याल) लाई मुख्य आर्कषणको रुपमा नक्सामा उतारिएको थियो। डिजाइनमा काठ, इँट र ढुंगाले भवनलाई वातावरण अनुकूल बनाएको, भवनको सौन्दर्यलाई अझ आर्कषक बनाउन पानी ट्यांकीलाई छानामुनि लुकाइएको, घरको कम्पाउण्ड वाललाई समेत घरको एक महत्वपूर्ण अंका रुपमा डिजाइन गरिएको जनाउँदै आर्किटेक्ट प्रजापतिले सो डिजाइनले नेवारी परम्परालाई जेगर्ना गर्न सघाउ पुर्याएको बताइन्।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।