७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुई भोटले पराजित गच्छदारले दिए पुनः मतगणना माग गर्दै निवेदन




३ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् ।

देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् ।

निर्वाचन समितिले देउवाले निवेदन दिएको बताएको छ ।

’मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छ’ निर्वाचन समितिका एक सदस्यले भने ।

गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् । न्युज कारखाना

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : १२ बजे