७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित   



५ पुस ०७८, काठमाडौं । नेकपा(एमाले)को अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ललित आयोगको आव २०७६-०७७ र आव २०७७/७८ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची थियो ।

बैठक सुरु हुने वित्तिकै एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताए । उनले १०औँ बैठकदेखि नै आफूहरुले उठाएको माग सम्बोधन हुन नसकेका कारण आफूहरुले सहज रुपमा बैठक अगाडि बढाउन नदिने बताए ।

प्रतिनिधिसभाका सभामुखले आफूहरुले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको तर्क उनले गरे । एमालेलेका सांसदले उभिएर विरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आशन ग्रहण गर्न पटक पटक आग्रह गरे ।  त्यसपछि राष्ट्रियसभाको अर्को बैठक अर्को सूचना जारी नहुँदासम्म स्थगित भएको सभाध्यक्ष तिमिल्सनाले जानकारी गराए ।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ४ : १२ बजे