२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बौद्धबाट गैंडाको खागसहित ६ जना पक्राउ



५ पुस ०७८, काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको खाग अवैध रुपमा बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बौद्धबाट संरक्षित वन्यजन्तु गैंडाको खागसहित उनीहरूलाई पक्राउ गरेको हो।

१ किलो १० ग्राम तौल भएको उक्त खागसहित काभ्रे बेदान गाउँपालिका–४ का ४१ वर्षीय वीरमान तमाङ, पाँचखाल नगरपालिका–६ का ४२ वर्षीय बेदबहादुर दनुवार, सिन्धुली घर भई बौद्ध बस्ने ४१ वर्षीय भिमबहादुर थिङ, पाँचखालकै २० वर्षीय नवराज गिरी, काभ्रे खानिखोला –५ का ३२ वर्षीय भिम तमाङ र पाँचखाल –३ का ३१ वर्षीय सोहन कार्की छन्।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ५ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।