९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘मिस नेवाः नेपाल’ले एक लाख पाउने



फाइल तस्विर

८ पुस ०७८, काठमाडौं । नेवार समुदायका युवतीका लागि आयोजना हुने ‘मिस नेवा ः नेपाल’ विजेताले एक लाख रुपैंयाँ पाउने भएका छन् । नेप्लिज फेसन होमले नेवारी कला, संस्कृति र संस्कारको प्रवर्द्धन तथा विकासका लागि आगामी फागुन अन्तिममा १६औँ संस्करण आयोजना गर्दैछ ।
प्रतियोगिताको उपविजेताद्वयले ५० र २५ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको बताइन् ।
अडिसन राउण्डबाट छानिएका नेवार युवतीहरुबीचको अन्तिम स्पर्धाबाट मिस नेवाः नेपाल, फस्ट रनर्सअप र सेकेण्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, वेस्ट नेपाल भाषा, सोसल वेलफेयर एम्बेस्डर चिफ, वेस्ट ड्रेस, मिस फोटोजेनिक, वेस्ट स्माइल, वेस्ट हेयर, मिस पब्लिक च्वाईस, मिस डिसिप्लेन, मिस फ्रेन्डसीप, मिस पर्सनालिटी, मिस चार्मिङ र वेस्ट स्किन गरी कुल १६ विधामा विजेता चयन गरिनेछ ।
प्रतियोगिताका सहभागीहरुलाई विभिन्न सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । यसका लागि प्रतियोगिहरुलाई विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण प्रदान गरिनेछ भने विभिन्न स्थल घुमाएर व्यबहारिक ज्ञान पनि दिइनेछ । न्युज कारखाना

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।