७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित, उपत्यकामा ११३ संक्रमित थपिए




११ पुस ०७८,काठमाडौँ । नेपालमा आइतबार थप २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा ९ हजार ६ सय ७७ जनामा गरिएको परीक्षणमा २ सय १९ जना संक्रमण पुष्टि भएको हो।

आज २ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ८३ जना संक्रमणमुक्त भएका छन्।

यस्तै हाल देशभर ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ७७, भक्तपुरमा आठ र ललितपुरमा २८ संक्रमित थपिएका हुन् ।

हाल उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ८६० रहेको छ । अहिले देशभर चार हजार ६७७ जना होम आइसोलेसनमा र २२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये ७५ जना आईसीयू तथा २४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ४ : १६ बजे