९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भूतपूर्व सैनिक तथा प्रहरी संगठनको गोदावरी नगर कमिटी गठन



१२ पुस ०७८, चापागाँउ । भुपेन्द्र सिलवालको अध्यक्षतामा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ५१ सदस्यीय गोदावरी नगर कमिटी गठन गरेको छ ।

कार्यक्रममा ललितपुर गोदावरी नगरका २ सयभन्दा बढी भूतपूर्व प्रहरी तथा सैनिकलाई गोदावरी एमालेले सम्मान गरेको छ ।

ललितपुरका संघीय सासद नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ संजेल, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका महासचिव मिठाराम केसीलगायतले आइतबार सम्मान गरेका हुन् ।

पूर्व डीआईजी समेत रहेका संघीय सांसद नवराज सिलवालले  कसैलाई पूर्वाग्रह नराखी माया र सम्मान गर्ने पार्टी एमाले रहेको दाबी गरे ।

उनले भने, ‘म पनि लामो समय प्रहरीमा रहर काम गरे । देशको परिवर्तनमा राष्ट्रसेवकको ठूलो भूमिका छ ।’

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका महासचिव मिठाराम केसीले एमालेले सबै पेशा व्यावसायमा आवद्ध नेपालीहरुलाई एमालेले सम्मान गर्ने संसकार बसाएको बताए  । उनले भने, ‘ त्यसैले सबैका लागि एमाले प्यारो छ ।’

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।