१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट फेरि अर्का युट्युवर पक्राउ




१२ पुस ०७८, काठमाडौं । काठमाडौंबाट फेरि अर्का युट्य’वर पक्राउ परेका छन् ।
युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गरेको भन्दै काठमाडौं महानगरपालिका अनामनगर बस्ने बाग्लुङ निसीखोला गाउँपालिका १ पाखापानी स्थायी ठेगाना भएका ३१ वर्षीय राम बहादुर मल्ललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार साथीभाइ अनलाइन टिभि नामक युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जानकारी दिएको छ ।
यसअघि टेन्सन ब्रो नामक युट्युव च्यानलका भरत बहादुर तिरुवा अश्लिल सामाग्री युट्युवमा राखेको आरोपमा पक्राउ परेका थिए ।
केही समयअघि दैनिक खबरका प्रदिप भण्डारी,हरेक पलका शिशिर अधिकारीसारैचुलीकापिंकला काकी र मोर्डनाका रोधन तामाङलगायत युट्युवर पक्राउ परिसकेका छन् ।

 

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ८ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।