१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नयाँ बसपार्कमा एक महिलामाथि सामुहिक बलात्कार, ९ जनालाई पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१४ पुस ०७८, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ ।
काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार ३४ वर्षीया महिलामाथि ९ जनाले बलात्कार गरेका हुन् ।
नयाँ बसपार्कस्थित एउटा गेस्ट हाउसमा लगेर ती महिलालाई सामूहिक बलात्कार गरिएको हो।

यसैबीच प्रहरीले पीडितको उजुरीका आधारमा नयाँ बसपार्क क्षेत्रका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ परेको छ।

पीडित पक्षले दिएको उजुरीमा पीडक ९ जनाको नाम छ। फरार रहेका थप एकजनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

 

काठमाडौं प्रहरी परिसरका अनुसार ७ जनालाई मंगलबार राति, एक जनालाई बुधबार बिहान र एक जनालाई बुधबार दिउँसो पक्राउ गरिएको हो।​

पक्राउ परेका व्यक्तिमा ७ जना मुगु जिल्लाका मात्रै छन्। एक जना अर्घाखाँचीका हुन्।

पीडित महिला सुर्खेतको भएको खुलेको छ। उनका श्रीमान भारतमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका पुरुष १९ देखि ४३ वर्षसम्मका छन्। अर्का एक जना फरार छन्। ​

पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।