१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धुलिखेलका विद्यालय चिसो बढेपछि बन्द



फाइल तस्विर

१५ पुस ०७८, बनेपा । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो ।
जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो । कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि उक्त परीक्षा विद्यालय खुलेपछि निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत सबै विद्यालयलाई नगरपालिकाको १४ गतेको निर्णयअनुसार अनुरोध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताएका छन् ।
रासस

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।