१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादी बन्दसत्र स्थगित, निर्वाचन कार्यक्रम पनि रोकिए



sf7df8f}F, !% k’;M
dxflwj]zgsf] aGb;qdf ;xefuLx?
g]skf -dfcf]jfbL s]G›_sf] cf7f}F /fli6«o dxflwj]zgdf k|:t’t k|ltj]bgdfly ;d”xut 5nkmnkl5sf] aGb;qdf ;xefuLx¿ . tl:a/ M /Tg >]i7÷/f;;

१७ पुस ०७८, काठमाडौं ।  नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएको थियो।

ती सबै कार्यक्रमहरु आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । पदाधिकारी तथा प्रदेशहरुबाट चुनिने केन्द्रीय सदस्यहरुको नाम पनि प्रदेशबाटै आएपछि बन्दसत्र सुचारु हुने एक नेताले जानकारी दिए ।

शनिबार नै माओवादी निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गर्नुका साथै उम्मेदवारी दर्ता र मतदानसम्मका कार्यतालिका सार्वजनिक गरेको हो।

केन्द्रीय सदस्यहरुको नाममा सहमति नहुँदा निर्वाचन कार्यक्रम निकालिएको थियो। यद्यपि केन्द्रीय सदस्यहरुमा सहमतिको प्रयासका लागि निर्वाचन कार्यक्रम स्थगन गरिएको हो।

आइतबारको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी छ।

यसैगरी नेकपा माओवादी केन्द्रको जारी ८ औं महाधिवेशन अन्तर्गत माओवादीले उम्मेदवारको लागि क्लस्टर सार्वजनिक गरेको छ।

खुलातर्फ १४५ र समानुपातिकतर्फको खस आर्यतर्फ ४५, दलिततर्फ २२ जना, मुस्लिम तर्फ ७ जना, मधेशीतर्फ २३ जना, आदिवासी जनजातितर्फ ४३ र थारूतर्फ १० जना निर्वाचित हुनेछन्।

यस्तै, अपांगतर्फ २ जना र पिछडिएकोतर्फ २ जना निर्वाचित हुनेछन्।

यसैगरी खसआर्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था छ। जसमा पुरूष १२ जना, पुरूष युवा ३, महिला २४ र महिला युवा ६ जना निर्वाचित हुनेछन्।

दलिततर्फ २२ जना निर्वाचित हुनेछन्। जसमा पुरूष ६, पुरूष युवा १, महिला १२ र महिला युवा ३ जना निर्वाचित हुनेछन्।

मुस्लिमतर्फ ७ जना निर्वाचित हुनेछन्। जसमा पुरूष १ ,पुरूष युवा १, महिला ४, महिला युवा १ निर्वाचित हुनेछन्।

मधेशीतर्फ २३ जना निर्वाचित हुनेछन्। जसमा पुरूष ६, पुरूष युवा १, महिला १३ र महिला युवा ३ जना निर्वाचित हुनेछन्।

आदिवासीतर्फ ४३ जना निर्वाचित हुने व्यवस्था छ। जसमा पुरूष ११, पुरूष युवा ३, महिला २३ र महिला युवा ६ जना निर्वाचित हुनेछन्।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।