१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रे राप्रपाका ४ नेता निश्काशित, कमल थापाको आपत्ती




१७ पुस ०७८, काठमाडौं । काभ्रेका ४ जना राप्रपा नेतालाई पार्टीबाट निश्काशन गरिएको प्रति पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । थापाले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ नेताहरूलाई कारबाही गरेको भन्दै आपत्ति जनाएका हुन् ।
लिङ्लेनले काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरेका थिए । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लामा लगायतलाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।

’राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ । सो निर्णयप्रति खेद व्यक्त गर्दछु । पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’, उनले ट्वीटरमा लेखेका छन् ।

राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरुलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ।सो निर्णयप्रति खेद व्यक्त गर्दछु।पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।