९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज सत्ता गठबन्धनको बैठक बस्दै, महत्वपूर्ण निर्णय हुनसक्ने




१९ पुस ०७८, काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक सोमबार बिहान बस्ने भएको हो । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ ।
केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो । आजको बैठकले महत्वपूर्ण निर्णय गर्नसक्ने अपेक्षा गरिएको छ ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।