१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मीको ११ औं नगरसभा, २ विधयक पारित




२१ पुस ०७८,ललितपुर । मंगलबार महालक्ष्मी नगरले २ विधयक पारित गर्दै ११ औं नगरसभा सम्पन्न गरेको छ ।
महालक्ष्मी नगरका अनुसार नगरप्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षता तथा प्रदेश सासंद माधवप्रसाद पौडेलसभापतित्वमा सम्पन्न नगरसभामा उपमेयर निर्माला थापालेपेस गरेको दसौँ नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०७८÷७९ को बजेट, योजना तथा कार्यक्रम संसोधन सम्बन्धी प्रस्ताव र विनियोजन विधेयक २०७८ (पहिलो संशोधन) माथि छलफल भई नगरसभाबाट सर्वसम्मत रुपमा पारित गरिएको हो ।
साथै बैठकले नगरसभा सदस्य नन्दकुमार न्यौपानेबाट आर्थिक विधेयक २०७८ (पहिलो संशोधन) सभासमक्ष पेश भई सर्वसम्मत रुपमा पारित गरिएको छ। महालक्ष्मी नगरपालिकाको एघारौँ नगरसभामा कार्यपालिकाले चालु आर्थिक वर्ष श्रावणदेखि अहिलेसम्म गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव सभासदस्य रेश्मा के.सीद्वारा सभामा पेश भई सर्वसम्मतीले पारित गर्दै एघारौँ नगरसभा सम्पन्न भएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।