१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कलङ्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु




२२ पुस ०७८, काठमाडौं । काठमाडौको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुधबार राति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाण्डौको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक गोरखाका ३१ वर्षका रामशरण ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चालक ढकालले जाँड रक्सी खाएर मोटरसाइकल चलाएका थिए ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।