९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा वडाध्यक्षले आफ्नै कार्यकक्षमा थुने निर्माण व्यावसायी




२३ पुस ०७८, भक्तपुर । भक्तपुरमा एक निर्माण व्यावसायी वडा कार्यालयमा थुनिएका छन् । चाँगुनारायण नगरपालिकाको ३ झौखेलका वडा अध्यक्ष श्यामसुन्दर धिमालको कार्यकक्षमा निर्माण व्यवसायी थुनिएका हुन् ।
पूर्वाधार विकास कार्यालय बागमति प्रदेशअन्तर्गत झौखेल कवासे खोला सडक पुल नबनाउने एसपीपी कन्ष्ट्रक्सन एण्ड सप्लायर्सका प्रोजेक्ट म्यानेजर रविन जिरेलसहित निर्माण व्यवसायी थुनिएका हुन् ।
उनीहरुलाई वडाध्यक्ष धिमाल स्वयम्ले आफ्नो कार्यकक्षमा थुनका हुन् । ‘ठेकेदारका मान्छेहरु पुल बनाउनका लागि स्थानीयले अवरोध गरे भन्ने निवेदन लिएर आएका थिए, मैले को हो विकासमा अवरोध गर्ने मान्छे चिनाउनुस् भनेँ, उनीहरुले चिनाउन सकेन, मैले काम नगर्नेलाई कार्यकक्षमै थुनेँ’ वडाध्यक्ष धिमालले भने ।
उनले यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा दिइएको समेत बताए । निर्माण व्यवसायीले उक्त सडक खण्डको पुल निर्माण विगत ३ महिनादेखि अलपत्र छाडेका थिए । त्यसकारण सर्वसाधारणलाई आवतजावतमा समेत कठिनाइ भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।