७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झण्डै दोव्वरले बढ्यो कोरोना,९ सय ६८ मा सङ्क्रमण पुष्टि




२३ पुस०७८, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या बिहिबारभन्दा झण्डै दोब्बर हो । बिहिबार ५ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ७१ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार २ सय ७२ जनाले पीसीआर र छ हजार ६ सय ९९ले एन्टीजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २ सय ६२ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ७ सय ९ पुगेको छ । निको हुनेदर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा हालसम्म आठ लाख ३१ हजार ५२ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९६ हजार ८ सय ४१ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख १० हजार १४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ५१ हजार ९३ पुगेको छ । कुलमा सङक्रमण दर १६ दशमलव नौ प्रतिशत छ ।

कोभिडबिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ३७१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७ सय ४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय २ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १५ र आइसियूमा ८१ जना रहेका छन् । होम आइसोलेशनमा पाँच हजार २८६, संस्थागत आइसोलेशनमा ४ सय ५५ र क्वारेन्टिनमा १ सय१३ रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ४५४, ललितपुर ६६४ र भक्तपुरमा ५६२ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ५ : ४८ बजे