९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायणबाट लागूऔषध सहित २ युवा पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२४ पुस ०७८, भक्तपुर । चाँगुनारायण नगरपालिका ४ चाँगु नेचापौवाबाट १२ ग्राम अवैध लागूऔषध पोल्यान्ड सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मध्यपुर ठिमी नगरपालिका ४ नयाँठिमी बस्ने २९ वर्षीय रोजन श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय संजय श्रेष्ठ रहेका छन् ।
भक्तपुरबाट त्रिशुलडाँडातर्फ जाँदै गरेको प्रदेश नम्बर ३ –०२–००१ प ६६७६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पोल्यान्ड सहित फेला पारी मोटरसाइकल चालक रोजन र मोटरसाइकलमा सवार संजयलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।