१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पनौतीको १२ वर्षे मकर मेला नहुने



पनौती शहर

२७ पुस ०७८, काठमाडौं । काभ्रेको पनौती नगरपालिकामा १ माघदेखि सुरू हुन लागेको १२ वर्षे मकर मेला स्थगित भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भइ मकर स्नान गर्न भने पाउने निर्णय गरेको छ ।


समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसबाहेक बैठकले जिल्लाका १३ वटै स्थानीय तहलाई कोभिड नियन्त्रण गर्न स्वास्थ्य मापदण्डहरू परिपालनामा कडाइ गर्न समेत आग्रह गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।