९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शताब्दी पुरुष सत्यमोहन जोशी पुगे थिमि, घुमे शंखधर पार्क




२८ पुस ०७८,भक्तपुर । शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुर थिमिको शंखधर पार्क अवलोकन गरेका छन् । जोशीले मध्यपुर थिमिले सम्पदा संरक्षणको क्षेत्रमा गरिरहेको प्रयासको प्रशंसा समेत गरेका थिए ।
‘अवलोकनको क्रममा शताव्दी पुरुष जोशीले यहाँको सिँढी, पार्कमा बन्दै गरेको ढुंगेधारा, थियटर, झरना घुमे अनि ढुंगेधारामा अवस्थित राजा भगीरथको कथा सुनाउदै टहलिएका थिए । घुम्ने क्रममा उनले भने, ‘ थमिको जिब्रो छेड्ने जात्रालाई गिनिज बुकमा लेखाउन पर्छ ।’

भक्तपुरमा मंगलबारबाट सुरु भएको भारोत्तोलन प्रतियोगिताको उद्घाटनमा कार्यक्रममा सहभागी हुन ललितपुरबाट भक्तपुर पुगेका शताब्दी पुरुष जोशी शंखधर पाक अवलोकनका लागि गएका हुन्

संस्कृतिविद १ सय २ वर्षका ् बयोबृद्ध शताब्दी पुरुष जोशीले मध्यपुर थिमिले सम्पदा पूनर्निर्माणअन्तर्गत राष्ट्रिय विभूति शंखधर साख्वा स्मृृति पार्कमा करिब १ घन्टा समय बिताएका थिए ।

उनले भने, ‘हामीले साँस्कृतिक सम्पदा पूनर्निर्माणमा प्रयासबाट खशी लागेको छ। ऋवलोकन भ्रमणमा संगवै रहेका मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठलाई शंखधर पार्कलाई मिनी आर्कोलोजिकल गार्डेन बनाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।