११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भूकम्प सुरक्षा दिवस ललितपुर पाटन क्षेत्रमा मनाइने



२८ पुस ०७८, काठमाडौं । यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवस ललितपुरको पाटन दरवार क्षेत्रमा मनाइने भएको छ ।

हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा देशभर नै विभिन्न कार्यक्रम गरिए पनि मूल कार्यक्रम ललितपुरको पाटन दरवार क्षेत्रमा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यस वर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

गत वर्षको मूल कार्यक्रम भक्तपुरमा आयोना गरिएको थियो ।

२४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस प्रचार–प्रसार उपसमितिले बुधबार पत्रकार सम्मेलन गरी मूल कार्यक्रम ललितपुरमा गर्ने जानकारी दिएको हो । दिवसमा ७ वटै प्रदेश सरकारसहित  ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरु गरिने छ ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।