१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा ट्याटु खोपाउन गएका ३३ वर्षीय खड्काकाे बेहोस भएर मृत्यु




२९ पुस ०७८, भक्तपुर । भक्तपुरमा ट्याटु खोपाउन गएका एक युवकको मृत्यु भएको छ। मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । बुधबार राति साढे ९ बजे लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरूष मल्लले सञ्चालन गरेको इन्क ट्याटुमा ट्याटु खोपाउन गएका थिए।

अरूले नै ट्याटु खोपिरहेको हुँदा उनी त्यहाँ पालो कुरिरहेका थिए। ट्याटु सञ्चालक आरूष र खड्काबीच सामान्य चिनजान पनि थियो। उनी कुर्दाकुर्दै बेहोस भएको प्रहरीले जनाएको छ ।
बेहोस भएपछि आरूषले तत्कालै नजिकै रहेका खड्काको परिवारलाई सम्पर्क गरेका थिए । तत्कालै केएमसी अस्पताल सिनामंगलमा उनलाई लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मध्यराति सवा १२ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीले ट्याटु पसल सञ्चालक आरूषसहित केहीलाई सोधपुछको लागि वृत्तमा बोलाएको छ। खड्का दमका बिरामी थिए।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ५ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।