२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काटेश्वरमा भिषण आगलागी, पसल जलेर नष्ट



प्रतिकात्मक तस्बिर

२९ पुस ०७८, काठमाडौं । काठमाडौंको कोटेश्वरमा बुधबार भिषण आगलागी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वर झोलुङ्गेपुलस्थित वीरेन्द्रनगर नगरपालिका ६ घर भएका ४४ वर्षीय नारायण गौतमले संचालन गरेको युजिन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी भएको हो । यस स्टोरमा आगलाी प िबुधबार राति आगलागी हुँदा सप्लायर्समा रहेको खाद्म वस्तुहरु जलेर करिब ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीको सुचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ०६ बजे