१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काटेश्वरमा भिषण आगलागी, पसल जलेर नष्ट



प्रतिकात्मक तस्बिर

२९ पुस ०७८, काठमाडौं । काठमाडौंको कोटेश्वरमा बुधबार भिषण आगलागी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वर झोलुङ्गेपुलस्थित वीरेन्द्रनगर नगरपालिका ६ घर भएका ४४ वर्षीय नारायण गौतमले संचालन गरेको युजिन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी भएको हो । यस स्टोरमा आगलाी प िबुधबार राति आगलागी हुँदा सप्लायर्समा रहेको खाद्म वस्तुहरु जलेर करिब ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीको सुचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।