२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बाढीले ललितपुरका विद्यार्थीलाई पढ्न बाधा


६ श्रावण २०७६, सोमबार  

0
Shares


०६ साउन ०७६, ललितपुर । बाढीका कारण दक्षिण ललितपुर विद्यालयमा क्षति हुँदा विद्यार्थीको पढाई असर परेको छ । दक्षिण वागमती, कोञ्ज्योसोम र माहांकाल गाँउपालिकामा रहेका २८ विद्यालय मध्ये माहाँकाल गाँउपालिका गोटिखेलमा १ वटा नीजि बिद्यालय हिल साइड बोर्डिङ्ग स्कूल छ भने अरु सबै सामुदायिक विद्यालय छन् । यी मध्ये धेरै विद्यालय बाढीका कारण क्षतिग्रस्त रहेको स्थानीय शिक्षक बताउछन् ।
माहाँकाल गाँउ पालिकाको हिल साइड बोर्डिङ्गस्कूल बाढीका कारण क्षति पुगेको छ । माहाँकाल गाँउपालिकामा प्रमुख रामचन्द्र दाहालका अनुसार स्थानीय सेतिदेवि आधारभूत विद्यालय, माहाकाँल उमावि र कालिदेवि आधारभूत विद्यालयलाई बाढीले क्षति गराएको छ । चनदेवि प्रवि र सरस्वती विद्याश्रम मावि पनि बाढीका कारण केही क्षति पुगेको छ ।
वागमती गाँउपालिका माल्टाको भुवनेश्वरी आधारभूल विद्यालय बाढीले क्षति भएको छ । कोज्ञ्योसोम गाँउपालिकाको ज्ञानज्योति आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ ।
बाढी पहिरोआदीको जोखिमका कारण यस क्षेत्रका विद्यालय साउन ३१ सम्मका लागि बन्द छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : ३३ बजे