२५ माघ ०७८, काठमाडौं । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।
पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।
राप्रपा निबर्तमान अध्यक्ष एबं पुर्ब उपप्रधानमन्त्री कमल थापाले गृह नगर हेटौंडामा आज आयोजित पत्रकार सम्मेलन मार्फत राप्रपाबाट अलग हुने निर्णय गर्नुभएको छ । @KTnepal pic.twitter.com/eX0jK7Vm8c
— Rajaram Bartaula (@rrbartaula) February 8, 2022
प्रतिक्रिया