९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धोबिचौरस्थित सडकबाट नगद तथा मूर्ति सहित पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२६ माघ ०७८, काठमाडौं ।  काठमाडौं महानगरपलिका-१७ धोबिचौरस्थित सडकबाट १ थान पँहेलो रंगको धातुको मुर्ति, नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ र २ थान मोबाइल सहित टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-८ घर भएका १७ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त मूर्ति र नगद फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।