९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको फोक्सोमा पानी, मुटुमा समस्या



फाइल तस्बिर

२७ माघ ०७८, ललितपुर । ललितपुरको एक नीजि अस्पतालमा उपचार गराइरहेका वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीका फोक्सोमा पानी जमेको पाइएको छ । अस्पतालका अनुसार उनको फोक्सोमा पानी जमेको अवस्थामा प्लुरल टयापिङ् गरिएको छ ।
साथै उनलाई निमोनिया संक्रमण भएको छ । डाक्टरहरुका अनुसार उनको मुटुमा समेत समस्या छ । उनमा पोष्टेट समस्याका कारण युरिन इन्फेक्सन छ । साथमा उनको चेष्ट फिजियो थेरापी गरिएको छ ।
केरोना परिक्षण गरिएकोमा उनमा संक्रमण भने देखिएन ।
प्राध्यापक डाक्टर सुरज बज्राचार्यका अनुसार जोशीको अक्सिजन लेभल ९६ छ । पल्स रेट ७८,व्लड प्रो.सर १ सय वाई ६० रहेको छ ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि गतमंगलबार अस्पताल भर्ना गरिएको थियो ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।