२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नयाँ बानेश्वर संसद भवन अगाडी प्रेसर कुकर राख्ने पक्राउ



१८ फागुन ०७८, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा कुकर बम राख्ने व्यक्ति पक्राउ परेका छन् ।

महानगरिय अपराध महाशाखा काठमाडौको विशेष टोलीले कुकर बम राख्ने व्यक्तिलाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता रहेको प्रहरीले जनाएको छ ।

काभ्रेको भुम्लो गाउँपालिका २ सिमथली घर भई हाल चावाहिल बस्ने बर्ष २१ को सुवास महत अनेरास्ववियु क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष भएको प्रहरीले बताएको छ।

बुधबार विच सडकमा भेटिएको उक्त शंकास्पद प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । शंकास्पद प्रेसर कुकर वस्तुमा नो एमसीसी लेखिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।