१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सूर्यविनायक नगरलाई काठमाडौंले दियो भेन्टिलेटर सहयोग



१९ फागुन ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सूर्यविनायक नगरपालिकालाई एक र कामपा वडा नं ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई दुई गरी तीन भेन्टिलेटर सहयोग गरेको छ ।
सूर्यविनायक नगरपालिकाले आवश्यकताका आधारमा उक्त भेन्टिलेटर उपयोग गर्नेछ । कामपासँग भगिनी सम्बन्ध स्थापना भएको तिब्बतको ल्हासा नगरले पाँच थान भेन्टिलेटर उपलब्ध गराएको थियो । तीमध्ये तीन भेन्टिलेटर अस्पताललाई हस्तान्तरण गरिएको हो ।
भेन्टिलेटर उपलब्ध गराएपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका सबै नगरसँग नगर–नगर साझेदारी कार्यक्रम गरेको बताएका छन् । पाँच प्रदेशका पाँच नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेर पार्क तथा हरियाली बढाउने योजनाका लागि रु एक करोड ५० लाखका दरले सहयोग गरिएको उनले जानकारी दिए ।
बुधबार आयोजना भएको कार्यक्रममा सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले नगर अस्पताललाई काठमाडौं महानगरले भेन्टिलेटर उपलब्ध गराएपछि आकस्मिक सेवाका लागि सहज भएको प्रतिक्रिया दिएका छन् । यसअघि कोरोना महामारीको समयमा पनि कामपाले काठमाडौँ उपत्यकाका विभिन्न १२ अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।