१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्चीमा पनि राखियो अक्सिजन प्लान्ट




१९ फागुन ०७८, काठमाडौं । मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिलगायतको सहयोगमा करिब रु एक करोडमा जडान गरिएको ४८ सिलिन्डर क्षमता प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको छ । पूर्वमन्त्री शेरबहादुर तामाङले सो प्लान्टको उद्घाटन गरेका छन् ।
उनले मेलम्ची भेगकै एक मात्र अस्पताल रहेकाले प्रदेश अस्पतालका रूपमा विकसित गर्न पहल भइरहेको जानकारी दिए । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा मेलम्चीमै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए ।
दैनिक ४८ सिलिण्डर अक्सिजन भर्न सकिने क्षमताको प्लान्ट जडान भएपछि अब मेलम्चीलगायत आसपासका क्षेत्रमा अक्सिजन अभाव सिर्जना नहुने समेत दाबी अर्यालले गरे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।