२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काम गर्ने कर्मचारी मन्त्री लालबाबु पण्डितले बर्खास्त गर्ने


१८ श्रावण २०७६, शनिबार  

0
Shares

१८ साउन ०७६, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई हटाउने भएका छन् । शुक्रबार मन्त्रालयद्धारा आयोजित वार्षिक कार्य प्रगति समिक्षात्मक बैठकमा बोल्दै मन्त्री पण्डितले काम नगर्न कर्मचारीलाई विदा गर्ने योजना रहेका जानकारी दिए ।
मन्त्री पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौंता गरेको र त्यस अनुसार काम नभए कर्मचारीको क्षमता नदेखिएको प्रमाणित हुने भन्दै तोकिएको काम पुरा गर्न निर्देशन दिए । भने अनुसार काम नभएसम्बन्धित कर्मचारीमाथि कडा कारवाही गर्ने मन्त्री पण्डितले बताएका हुन् ।
कर्मचारी समायोजनाको क्रममा कर्मचारीहरुको तह र श्रेणीको तलवमा देखिएको भएको समस्या समाधान गर्ने मन्त्री भनाई छ । कर्मचारीहरुको सुविधाको विषयमा सरकारले कुनैै समस्या नराख्ने तर भने अनुसार काम भने हुनु पर्ने उनको भनाई छ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ३३ बजे