४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रुससँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन्छ –जेलेन्स्की



काठमाडौं । चैत ७ गते
आफू रुससँग वार्ताका लागि तयार रहेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पुन.दोहोर्‍याउनु भएको छ । सी राष्ट्रपति पुटिनसँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उहाँले चेतावनी दिनु भएको छ । उहाँले पुटिनसँग वार्ताका लागि आफु दुई वर्षदेखि नै तयार रहेको उल्लेख गर्नु भएको छ ।

उहाँले वार्ताबिना यो युद्ध अन्त्य गर्न नसक्ने बताउँदै सहमतिका लागि कुनै पनि ढाँचा अवलम्बन गर्नु पर्ने धारणा राख्नु भएको छ । उहाँले यदि वार्ता असफल भएको खण्डमा तेस्रो विश्वयुद्ध हुने चेतावनी समेत दिनु भएको छ । जेलेन्स्कीले युद्धको अन्त्य तथा युक्रेनको सुरक्षा सार्वभौमिकताको प्रत्याभूतिका लागि वार्ता मुख्य प्राथमिकता भएको बताउनु भएको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ५३ बजे