८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यबानेश्वरमा मोटरसाइकलबाट एक महिलाको सुनको सिक्री लुटेर फरार



११ चैत ०७८, काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा मोटरसाइकलमा आएका दुई जना अपरिचित युवाहरुले एक महिलाको सुनको सिक्रि लुटेर भागेका छन् ।
प्रहरीका अनुसार
काठमाडौं महानगरपालिका १० मध्यबानेश्वर प्राचिन मार्ग बस्ने ६४ वर्षीया महिलाको करिब २ तोलाको सुनको सिक्री बिहीबार लुटपाट भएको हो ।
यसै ठाउँस्थित सडकमा कालो रातो रङको पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले ती महिलाले घाँटीमा लगाएको सिक्री लुटेका थिए र लुटपातपछि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै चोरीका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।