११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


नेपाली फिल्म ‘ग्रहण’ बन्ने,१४ वर्षपछि स्क्रिन सेयर गर्दै विनय र नम्रता



२१ चैत ०७८, काठमाडौं । नेपाली फिल्म ‘ग्रहण’ बन्ने घोषणा गरिएको छ । डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमबीच घोषणा गरिएको हो । घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकारसमेत सार्वजनिक गरिएको छ ।

फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्दैछन् । फिल्ममा हरि हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन, बिशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनले रहेको छ । कथा निर्देशक गुरुङ हुन् ।थ्रीलर ड्रामा जनर रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानरमा निर्माण हुनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।